logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रदेश सरकारले शिशु अवस्थामा हुर्कदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी काम गर्यो: नन्दा चपाई

    प्रदेश सरकारले शिशु अवस्थामा हुर्कदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी काम गर्यो: नन्दा चपाई

    3.8K
    Shares
    प्रदेश सरकारले शिशु अवस्थामा हुर्कदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी काम गर्यो: नन्दा चपाई

    काठमाडौं । राष्ट्रिय सभा सांसद नन्दा चपाईले शिशु अवस्थामा हुर्कदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताइन् । उनले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताइन् । उनले सरकारले त्यस्तो अनियमित रोक्नु माग गरिन् ।

    उनले भनिन्, ‘नेपाली जनताको ८ दशक लामो संर्घष र लाखौं वलिदान स्वरुप प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अत्यन्त आवश्यकता भएको छ । अहिले देशमा शिशु अवस्थामा हुर्किरहेको संघीयतालाई मलजल सहित हुर्काउनु पर्ने अवस्थामा प्रदेश सरकारको बजेट विनियोजनको बारेमा सुन्दा अत्यन्त दुःख लाग्दो छ । प्रदेश प्रमुखहरुको आमा बुबाको नाममा प्रतिष्ठान निर्माण गर्ने कोषमा पैसा जम्मा गर्ने खवर आएको छ । कोषमा रकम जम्मा गर्ने कुरा निषेध गनूृपर्छ । यो विषय जनपक्ष हुन सक्दैन । यस्तो अनियमिततालाई रोक्न नेपाल सरकारलाई अनुरोध गर्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend