logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संविधानको प्रावधान अनुसार नै नागरिकता पहिलो संशोधन विधेयकलाई अघि बढाएको होः गृहमन्त्री खाँण

    संविधानको प्रावधान अनुसार नै नागरिकता पहिलो संशोधन विधेयकलाई अघि बढाएको होः गृहमन्त्री खाँण

    2.8K
    Shares
    संविधानको प्रावधान अनुसार नै नागरिकता पहिलो संशोधन विधेयकलाई अघि बढाएको होः गृहमन्त्री खाँण

     

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन् । लाखौं नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन सरकारले संविधान अनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरुलाई अनुरोध गरेका हुन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढनुको विकल्प नरहेको पटकपटक दोहो¥याए । गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार सो विधेयक सरकारले ल्याएको बताए ।

    उनले भने, ‘संविधानको प्रावधान अनुसारनै सरकारले यो विधेयकलाई अघि बढाएको हो । त्यसकारण सरकारको नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् । र, पारित विधेयकलाई हामीले ऐन बनाउन सकौं । नागरिकता प्रदान गर्ने कामलाई हामीले अगाडि बढाउन सकियोस् उद्देश्यका साथ नै ल्याइएको कारणले म माननीयज्यूहरुलाई आफ्नो विरोधको सूचना फिर्ता गरेर त्यो नागरिकता विधेयकलाई अघि बढाउने र पास गर्ने क्रममा सहयोग पु¥याउन हार्दिक आग्रह गर्न चाहन्छु । र, अहिले यो विधेयकलाई अगाडि बढाईकसेपछि विधेयकमा भएका बूँदाहरुमा, दफाहरुमा छलफल हुननैछन । यसलाई एउटा परिस्कृत विधेयकको रुपमा संविधानको जे प्रावधान छ, नागरिक सम्बन्धि । हामी सबैले मिलरै बनाएको संविधान हो । लिखत संविधान छ । हाम्रो संविधानको नागरिकता सम्बन्धि प्रावधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन नै भनिएको छ । त्यसैले बाबु पनि नेपाली, आमा पनि नेपाली । तर लाखौं नेपाली नागरिकहरुले नागरिकता नपाएको अवस्था छ । त्यसैले कुनै पनि नेपाली नागरिक नागरिक प्राप्त गर्ने हकबाट बञ्चित नहुने भनेरै यो विधेयकलाई अगाडि बढाइएको हो । त्यसकारण विरोधको सुचना पेश गर्ने माननीयजीहरुले जुन विचारहरु राख्नु भएको छ । त्यसलाई संवेदनशील रुपमा लिँदै यो विधेयकलाई अगाडि बढाउने क्रममा उहाँहरुको पनि साथ र सहयोग प्राप्त होस् भन्ने सरकारको तर्फबाट म आग्रह गर्दछु ।’

    मन्त्री खाँणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि सो विधेयकलाई संसदबाट पारित गराउन सांसदहरुले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend