शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्छ: सांसद भट्ट

महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्छ: सांसद भट्ट

काठमाडौं । राष्ट्रिय सभाकी सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताइन् । उनले बजार महँगीले दिनभरी काम गरेर विहान बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गरिन् । उनले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताइन् ।

उनले भनिन्,‘सुस्थ अर्थतन्त्र बढ्दो बेरोजगारी चरम महँगी र महँगो स्वास्थ्य उपचारबाट पीडित जनताको थाप्लोमा बजारमा महँगी बढ्दा खान नसक्ने जनतालाई झनै कठिन भएको छ । सार्वसाधरण आम्दानी हुने परिवारलाई विहान बेलुका दुई छाक टार्न पनि समस्या भइरहेको छ । बजारमा चारैतिर महंगी व्याप्त छ । महँगी गर्ने निकाय कुनै छैन । सरोकारवाला र सरकार दुवै मौन छ । सिद्धान्त पनि एउटै तै चुप मै चुप रहेको छ । यस्तो अवस्था कहिलेसम्म रहने हो । दुई छाक टार्न नसक्ने जनताको अधिकार कहिलेसम्म हनन हुने हो । यसतर्फ समयमा नै ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपति जनाइन् । उनले सरकारले सांसदहरुसँग समेत छलफल बिना महत्वपूर्ण नागरिकता,हतरहतार किन्ने ,महिला हिंसा विधेयक हतार हतारमा ल्याएको बताउनु भयो । सांसद जीसीले यौन हिंसा सम्बन्धिको संकल्प प्रश्ताव राष्ट्रिय सभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनर्विचार गर्न माग गरिन् ।

उनले भनिन्,‘ सरकारले महत्वपूर्ण नागरिकता,हताहतियार किन्ने,महिला हिंसा विधेयक हतारहतारमा ल्याएको छ । कतै पनि छलफल समेत नगरेर विधेयकहरु ल्याएको छ । यौन हिंसा सम्बन्धिको संकल्प प्रश्ताव राष्ट्रिय सभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनःविचार गरोस् । भोकभारी र महामारीले आक्रान्त भएका जनताहरुलाई अहिले आवश्यक नभएको बेलामा पनि हातहतियार किनेर जनतालाई सुरक्षित गर्छौं भन्ने कुरा बेठिक हो । सम्बन्धित निकायले आवश्यक छैन भन्दा भन्दैपनि प्रतिपक्षको बिरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्छ ।’

सांसद जिसीले सम्बन्धित निकायले आवश्यक छैन भन्दा भन्दैपनि प्रतिपक्षको बिरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्ने बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend