logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुन आवश्यक छः अध्यक्ष प्रचण्ड

    नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुन आवश्यक छः अध्यक्ष प्रचण्ड

    3.5K
    Shares
    नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुन आवश्यक छः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वैज्ञानिक वहसको नेतृत्व र आन्दोलन गर्न पछि फर्काउने तत्व प्रवृत्ति हाबी हुने दाबी गरेका छन् । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरु स्वतन्त्र नभइ विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरु भएको दाबी गरे । अध्यक्ष दाहालले अहिलेको नेपालमा र समयमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गरे । उनले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सिमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरु, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा शुरु गर्न आवश्यक रहेको बताए । उनले नेपालमा विज्ञानको प्रयोग सचेत रुपले हुन नसकेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्तिहरु सफल भएको दाबी गरे ।

    अध्यक्ष दाहालले भने, ‘विज्ञान प्रविधिको प्रयोग जनस्तरमा गर्ने कुरामा हामीले शिक्षा, उत्पादन, कृषि, उद्योग, पर्यटन, स्वास्थ्यमा समाजिक जीवनका सबै क्षेत्रमा विज्ञान, प्रविधिलाई आमरुपमा प्रयोग गर्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने कुरा हो । हामीकहाँ केही भएन भन्ने कुरा होइन, हामी जहाँसम्म आइपुगेका छौँ, परम्परागत, रुढी वा एक खालको उत्पादन सम्बन्धलाई तोड्दै नयाँ उत्पादन सम्बन्धतिर र नयाँ उत्पादक शक्तिको विकासको आधार निर्माणतिर हामी जागरुक भएर लागेका छौँ । मानिसहरुले आफ्नो जीवनमा विज्ञानको प्रयोग त गरे हरेक समय विज्ञानको प्रयोग बिना त मानिस चल्नै सक्दैन । तर विज्ञानको प्रयोग सचेत रुपले गरेको छु, समग्र सामाजिक रुपान्तरण र मानव जातिको हितमा गरेको छु भन्ने कुराको चेतनाद्वारा गरेको छ कि छैन भन्ने कुरा हो । हरेक मासिले उत्पादन र पुनःउत्पादनको क्रिया त गरेकै हुन्छ, मानिसले बच्चा जन्माउने र हुर्काउने काम त गरेको हुन्छ तर मानिसको शरीर विज्ञान के हो भन्ने कुरा बुझेर बच्चा जन्माउने हुर्काउने गरेको छ कि नबुझेर ? हामीकहाँ समस्या के छ भने नेपालमा ठूला परिवर्तनको निम्ति जनस्तरबाट आन्दोलन, क्रान्तिहरु भए, ती विज्ञानमा आधारित भएकै कारण सफलता प्राप्त गरेका हुन् । विज्ञान बिरोधी भएकाले होइन । प्रत्येक क्रान्ति राजनीतिक रुपमा पूर्ण हुन सकेको छैन कम्परमाइजमा टुंगिएका छन् । राजनीतिक नेतृत्वले विज्ञानलाई, प्रविधिलाई आधार मानेर काम गर्ने ठाउँमा आएको छैन । अहिले देशमा जनतालाई मालिक हुन नदिने प्रवृत्ति छ भने अर्को जनतालाई नै मालिक बनाउने प्रवृत्ति छ । जसले जनतालाई अधिकार दिनेभन्दा जनताको अधिकार खोस्ने र सिमित वर्गको हातमा केन्द्रित गर्ने जमर्को गर्दैछ, त्यसलाई परास्त गर्नको लागि सबै वैज्ञानिक क्षेत्रमा काम गर्ने सबै आईटी, इन्जिनियरहरु, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्राको नेतृत्व गर्छौं भन्ने पार्टीहरु मिलेर एउटा आन्दोलन श्रृष्टि गर्नुपर्ने आवश्यक्ता जरुरी छ । चिनियाँ पक्षसँग कुरा गर्दा उत्पादन वृद्धिको निम्ति विज्ञान प्रविधिको विकास जसरी चिनियाँ समाज वा अन्यत्र भएको छ, नेपालमा त्यो टेक्नोलोजीलाई कसरी ल्याउने र कृषि उत्पादनमा विकास गर्ने भन्ने बारेमा चर्चा भएको छ । वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुनैपर्छ । त्यो मिसन हाम्रो हो । अहिलेको समाज नयाँ बाटोतिर जान नदिने समाज छ । हामीले वैज्ञानिक वहसको नेतृत्व र आन्दोलन गर्न सकेनौँ भने पछि फर्किने तत्व र प्रवृत्ति आउँछन् । विभिन्न नाममा आउँछन्, व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र अहिले कोही हुँदैन । स्वतन्त्र भन्ने अहिले मान्छे हुँदैन । अहिलेको जमाना र नेपालमा ।’

    अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति कम्परमाइजका कारण राजनीतिक रुपमा पूर्ण हुन नसकेको बताए । उनले अहिलेको समाज नयाँ बाटोतिर जान नदिने भएकोले यसलाई तत्काल वैज्ञानिक समाजमा लैजान नसकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend