
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि आशंका उब्जिएको छ । उनको शैक्षिक योग्यतामाथि अख्तियारमा उजुरी परेको छ । सुजन देवकोटा नामका व्यक्तिले राष्ट्र बैंक ऐनले गभर्नर बन्नका लागि स्नाकोत्तर हुनुपर्नेमा अधिकारीले स्नातक तहसम्म मात्रै अध्ययन गरेको भन्दै उजुरी दिएका हुन् ।
‘निजले बैठकमा पेश गरेको विवरण अनुसार अधिकारीले सन् १९८९ मा काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको उल्लेख छ भने भारतबाट सन् १९९३ मा सी.ए पढाइ उत्तीर्ण गरेको भन्ने देखिन्छ । निजले गभर्नर पदमा नियुक्ति लिँदासमेत सी.ए पढाइलाई आधार मानी लिएको देखिन्छ,’ उजुरीमा भनिएको छ ।
‘त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सी.ए अध्ययनलाई हालसम्म कुनै पनि रूपमा स्नाकोत्तर हुने भनी कहीँ कतै व्यवस्था गरेको वा निर्णय गरिएको छैन ।’
उजुरीमा योग्यता नै नपुगेको अवस्थामा योग्यता पुगेको भनेर नियुक्ति लिनु र तलबभत्ता तथा सुविधा लिनु भ्रष्टाचारजन्य काम भएको भन्दै बर्खास्तीसहित क्षतिपूर्ति भराउन माग गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend