शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कोहि पनि नेपाली नागरिक नागरिकता लिनबाट वञ्चित हुने छैनन् : गृहमन्त्री खाँण

कोहि पनि नेपाली नागरिक नागरिकता लिनबाट वञ्चित हुने छैनन् : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताएका हुन् ।

उनले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारशिलामा उभिएर नागरिकता सम्बन्धि विधेयक बनाइएको बताए । गृहमन्त्री खाँणले संविधान परिवर्तनीय रहेको भन्दै राजनीतिक दलहरुको सहमतिका आधारमा परिष्कृत गर्दै समयानुकुल बनाउन सकिने बताए ।

गृहमन्त्री खाँणले सरकारले जस लिनका लागि नागरिकता सम्बन्धी विधेयक नल्याएको स्पष्ट पारे । उनले दोषारोपण र जस–अपजसबाट माथि उठ्न समेत आग्रह गरे । उनले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गराउनु साझा संकल्प भएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend