मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

डिलिट भएको सीसीटीभी फुटेज रिकभर गराउने तयारीमा जुट्यो संसदीय विशेष समिति

डिलिट भएको सीसीटीभी फुटेज रिकभर गराउने तयारीमा जुट्यो संसदीय विशेष समिति

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;'wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

 

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समिति सीसीटीभी फुटेज रिकभरको सम्भावना खोज्ने तयारीमा जुटेको छ । समिति अर्थ मन्त्रालयको सिस्टमबाट डिलिट भएको सीसीटीभी फुटेज रिकभर गराउने तयारीमा जुटेको हो ।

आइतबारसम्म बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारी र सीसीटीभी फुटेजसँग सम्बन्धित व्यक्तिसँग एकसरो छलफल सकेको समितिले सोमबार अर्थ मन्त्रालयमा सीसीटीभी फुटेज संग्रह हुने सिस्टम (सफ्टवेर) नै मगाएको थियो ।

सफ्टवेरमा पनि बजेट सार्वजनिक भएको अघिल्लो दिन १४ जेठको रातिको सीसीटीभी फुटेज नभेटेपछि समितिले त्यसलाई रिकभर गराउने सम्भावनाबारे छलफल सुरु गरेको हो ।

समितिका सचिव सुरेन्द्र अर्याल भन्छन्, ‘हार्डड्राइभ मागेर हेर्‍यौं । सिस्टम नै मगाएर हेर्‍यौं । तर, खोजेको दिनको सीसीटिभी फुटेज भेट्टाएनौं । अब सिस्टमबाट रिकभर गराउने विषयमा छलफल गरिरहेका छौं ।’ सचिव अर्यालका अनुसार सीसीटिभी फुटेज रिकभर गर्ने सन्दर्भमा विज्ञहरुसँग समेत राय लिएर अगाडि बढ्ने समितिको तयारी छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend