logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

    श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

    6.4K
    Shares
    श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

    काठमाडौं । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।

    आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।

    यस्तै श्रीलंकाको मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिन अगाडि भने उनले राष्ट्रपतिमा दाबी गर्ने समाचार सार्वजनिक भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend