आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चीरहरण भएको भन्दै राप्रपाका चार नेताले गरे साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग

चीरहरण भएको भन्दै राप्रपाका चार नेताले गरे साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग

काठमाडौं । राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका हुन् ।

चारजना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् ।

चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend