काठमाडौं । युवा व्यवसायी तथा मेडिकल सञ्चालक दुर्गा प्रसाईले आर्थिक अभावका कारण युएईमा अलपत्र परेको एउटा शवलाई नेपाल ल्याएका छन् । सुर्खेतकी सुकमाया मगरको शव प्रसाईले मंगलबार त्रिभुवन विमानस्थलमा ओरालेर परिवारको जिम्मा लगाएका हुन् ।
शव ल्याउनका लागि नेता तथा सरकारसँग सहयोग माग्दा सरकारले नसुनेको मृतकको परिवारको गुनासो सुनेपछि आफुले सो शव नेपाल ल्याउन पहल गरेको प्रसाईले बताए ।
प्रसाईले आर्थिक अभावका कारण युएईमा अलपत्र परेका अन्य करिव १५ ओटा शवहरु आफ्नै खर्चले नेपाल ल्याउने बताए ।