logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लगातार उकालो लागेको नेप्सेमा बिहीबार गिरावट

    लगातार उकालो लागेको नेप्सेमा बिहीबार गिरावट

    3K
    Shares

    काठमाडौं । नेप्से परिसूचकको लगातारको उकालो यात्रामा ‘ब्रेक’ लागेको छ । गएको असार २८ गतेदेखि उकालो लागेको नेप्से आठ दिनपछि बिहीबार ५.८७ अंकले घटेको हो । यस दिन नेप्से ०.२९ प्रतिशतले घटेर २०४४.७२ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशत घटेर ३९१.६४ विन्दु कायम भएको छ । यस्तै, २२५ धितोपत्रको ३९ लाख आठ लाख ३९५ कित्ता सेयर एक अर्ब ६४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । यस दिन सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ । शिवम्को १७ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो ।

    बढी रकमको सेयर खरिद–बिक्री हुने दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । यो बैंकको ११ करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सेन्ट्रल फाइनान्सको सेयर मूल्य सर्वाधिक वृद्धि हुने पहिलो नम्बरमा छ । यो कम्पनीको सेयर मूल्य ३.१६ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये दुई समूहको उपसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ ।

    उपसूचक वृद्धि हुनेमा बैंकिङ समूह ०.१७ प्रतिशत र ‘अन्य’ समूह १.०९ प्रतिशत रहेका छन् । सर्वाधिक उपसूचक घट्नेमा व्यापार समूह रहेको छ । यो समूहको उपसूचक १.५८ प्रतिशत घटेको हो ।यसैगरी, जीवन बिमा समूहको १.५२ प्रतिशत, लगानी समूहको १.०७ प्रतिशत र विकास बैंक समूहको उपसूचक ०.९८ प्रतिशत घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend