शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

दूरसञ्चार प्राधिकरणका कर्मचारीले भोलीदेखि आन्दोलन गर्ने , कारण के ?

दूरसञ्चार प्राधिकरणका कर्मचारीले भोलीदेखि आन्दोलन गर्ने , कारण के ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनी सहितको पत्र बुझाएको छ । यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेका हुन् ।

श्रम नियमावली, २०७५ को नियम ४४ ख बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षेत्रको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासगँ तत्काल आवद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थान र कार्यालयमा प्राधिकरणलाई (कमलादीबाट राष्ट्रिय नाँचघर ) मा स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी र समिति उपर कारबाही हुनुपर्ने युनियनको माग छ ।

कर्मचारीहरु आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिन लागेका हुन् । सोमबारदेखि शुक्रबारसम्म प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरुको डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरु काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend