logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ यु–२० च्याम्पियनसिपः उपाधि जित्ने नेपालको दाबी

    साफ यु–२० च्याम्पियनसिपः उपाधि जित्ने नेपालको दाबी

    3.1K
    Shares
    साफ यु–२० च्याम्पियनसिपः उपाधि जित्ने नेपालको दाबी

    काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् । भुवनेश्वरमा आईतवार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन् ।

    कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट युवा टोली तयार गर्नुभएको छ । प्रतियोगिताका लागि टोलीले २ महिनादेखि तयारी गरेको र यस टोलीबाट आपूm धेरै आशावादी रहेको बताउँदै उपाधि जित्ने बताए । यस्तै प्रि–म्याचमा कप्तान आयुष घलानले प्रतियोगिताका लागि आफ्नो टोली तयार भएको बताए । उनले माल्दिभ्सबिरुद्ध हुने पहिलो खेलमा ३ अंकका लागि खेल्ने बताए ।

    प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मंगलवार माल्दिभ्ससँग प्रतिष्पर्धा गर्न लागेको हो । भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । उता पहिलो प्रतिद्वन्दीको रुपमा नेपालबिरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्साका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । उनले आफ्ना अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।

    यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend