आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बजेटलाई सहयोग गर्नेगरी मौद्रिक नीति आएको छः प्रधानमन्त्री देउवा

बजेटलाई सहयोग गर्नेगरी मौद्रिक नीति आएको छः प्रधानमन्त्री देउवा

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रधामन्त्री देउवाले चालू आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उत्पादनशिलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘राष्ट्र बैंकले भर्खरै यस आर्थिक वर्षको बजेटलाई सहयोग पुर्याउने गरी मौद्रिक नीति जारी गरेको छ। यसले मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक तथा निकासीजन्य उद्योगलाई सहयोग पुर्याउने छ। उक्त नीतिले व्यवस्था गरेको सहुलियतपूर्ण सुविधाको उपयोग गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न म निजी क्षेत्रका साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।

अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कुल गार्हस्थ्य उत्पादन र रोजगारी सृजनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend