शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गर्यो : विमला राई पौडेल

नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गर्यो : विमला राई पौडेल

काठमाडौं । नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइरहेको छ । जारी बैठकमा सांसदहरुले नागरिकता विधेयकको प्रक्रियामाथि प्रश्न उठाएका छन् । सांसद विमला राई पौडेलले प्रक्रियामाथि असहमति व्यक्त गरेकी छन् ।

‘म दुःख साथ विधेयकको प्रक्रियामा असहमति जनाउँछु । प्रतिनिधि सभाबाट जुन प्रक्रियाबाट यहाँ आएको छ । यो विधेयक पहिलेको सरकारले प्रतिनिधि सभामा पेश भएपछि राज्य व्यवस्था समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनमा केही सच्याउँनै पर्ने प्रावधान भए त्यही प्रतिवेदनमा संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउन सक्थ्यो । त्यो नगरी फिर्ता लिएर कसको दबाबमा यो भइरहेको छ, थाहा छैन ।’ उनले भनिन् ।

उनले नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको बताइन् । यसले संसद्को अवमूल्यन भएको उनको भनाई छ । भारतलगायत मुलुकमा नागरिकता लिन सात वर्षे प्रावधान भए पनि नेपालमा प्रावधान राख्नुपर्नेमा हटाइएको भन्दै उनले आपत्ति जनाइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend