शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको होः गृहमन्त्री खाँण

नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको होः गृहमन्त्री खाँण

 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताएका छन् । सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताएका हुन् ।

उनले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरे । गृहमन्त्री खाँणले नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताए । उनले कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताए ।

गृहमन्त्री खाँणले भने, ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ । नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै जाने नै छ । नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खाजेको होइन । त्यो खालको आशंका नगर्नुहोस् भन्ने आशंका छ । नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो । त्यसको समुचित कानूनी प्रवन्ध गर्न खोजेको हो । अरु कसैको परामर्श, सरसल्लाह, कुनै कारणले विधेयक आएको होइन । गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैर आवासी नेपालीहरु नेपालमै जन्मिएका, बुबा, आमा,बाजे,बज्यैकै सन्तान हुन् । उनीहरु अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्, उनीहरुलाई पनि एकत्रित गरेर उनीहरुले लगानी नेपालमा गर्ने वातावरणका लागि दिन लागिएको हो ।’

मन्त्री खाँणले करिव ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend