काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नागरिकता सम्बन्धी विधेयक पूर्ण रुपमा संविधानको अक्षर र भावना अनुरुप आएको बताएका छन् । उनले संविधानले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएमा प्रक्रिया पु¥याएर नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै निश्चित अवधि तोकेर कानून बनाउन नमिल्ने बताए ।
वैवाहिक अंगिकृतका लागि नागरिकता दिन अवधि तोक्ने हो भने संविधानको व्यवस्थामा नै पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।
उनले भने– ‘अहिलेको संविधानको पुरा अक्षर र भावनामा अहिलेको विधेयक आएको छ । यसको लागि सरकारलाई धन्यवाद दिन चाहन्छु । नेकपा कालमा भएको ऐतिहासिक गल्ती, असंवैधानिक निर्णयलाई अहिले करेक्शन भएको छ । यो करेक्शन गर्ने कामको पहलकदमी, नेतृत्व प्रचण्ड, माधवकुमार नेपाल र नेपाली काँग्रेसले संयुक्त रुपमा रहेको छ । मेरो चुनौती छ अहिलेको संविधानमा परिवर्तन नगरेसम्म, संविधान संशोधन नगरुञ्जेलसम्म वैवाहिक अंगिकृतको सन्दर्भमा कुनैपनि कानून बनाउन सकिँदैन । किनभने संविधानमा प्रष्ट लेखिएको छ कि विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आइसकेपछि उसले चाहेमा प्रक्रिया पु¥याएर नागरिकता दिने ।
संविधानले प्रक्रिया पु¥याएर नागरिकता दिने भनेर भनिराखेको छ । तपाईलाई कसले अधिकार दियो कि कानून बनाउने, सात वर्ष, पाँच वर्ष, दुई वर्ष, एक वर्ष । संविधानको विरुद्धमा कानून बनाउन सक्दैन । यदी त्यसमा पुनर्विचार गर्ने हो भने संविधानको त्यो धारालाई ल्याउनुपर्छ वहसमा । परिवर्तन गर्ने हो कि नगर्ने हो नयाँ ढंगले बहश गरौँ ।’