काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्ने धारणा राखे ।
उनले भने – ‘राज्य व्यवस्था समितिमा पनि निकै लामो छलफल भएर यसमा सात वर्षे प्रावधान राख्ने भनिएको थियो । तर यसलाई जस्ताको तस्तै ल्याएर सात वर्षे प्रावधान राखिएन । विदेशी महिलाले नेपालीसँग विवाह गरेको सात वर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान राखिनुपथ्र्यो । त्यो विषय यहाँ छुटेको छ ।’
उनले नागरिकताको विषय संवेदनशील विषय भएकाले यसमा खुकुलो प्रावधान राख्नु नहुनेमा जोड दिए ।