logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उद्यमशिलता बिकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक छः अध्यक्ष गोल्छा

    उद्यमशिलता बिकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक छः अध्यक्ष गोल्छा

    3.6K
    Shares
    उद्यमशिलता बिकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक छः अध्यक्ष गोल्छा

     

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष शेखर गोल्छाले उधमशिलता बिकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक भएको बताए । उनले नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप यो सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको दाबी गरे ।

    अध्यक्ष गोल्छाले सरकारले नेपाली युवालाई देशभित्र नै भविष्य बनाउनको लागि इन्कुबेसनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भने,‘हाम्रा ५० लाख भन्दा बढी युवा आफ्नो देशमा भविष्य खोज्न नसकेर विदेश पलायन भएका छन् । यो सत्य हो । उनीहरुले पठाएको रेमिट्यान्सले अहिले मुलुकको अर्थतन्त्र चलायमान भएको छ ।

    तर हामीले देशमा नै नयाँ उद्यमी विकास नगर्ने र युवाहरुलाई आफ्नै देशमा नै भविष्य देखाउन सकेनौं भने भोलीको भविष्य कल्पना मात्रै गर्नसक्छौं । नयाँ उद्यम स्थापना भएन भने देशमा कसरी हुन्छ रोजगारीको सिर्जना र समृद्धि ल्याउनको लागि नयाँ उद्यमी चाहिन्छ । स्टार्टअप चाहिन्छ तर सफलता कम हुन्छ । त्यसलाई बढाउनको लागि इन्कुबेटर्स चाहिन्छ ।’

    बिजनेस इन्कुबेटर कन्फरेन्सले घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने र स्टार्टअप इको सिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने पनि घोषणा गरेको छ । कन्फरेन्स नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, इसिमोड र नेदरल्याण्डको पुम संस्थाको सहकार्यमा गरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend