काठमाडौं । नेपाल प्रहरीले अर्थ मन्त्रालयको सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट संसदीय समितिलाई बुझाएको छ । जेठ १४ मा बजेट घोषणाको अघिल्लो दिनको फुटेज परीक्षणका लागि संसदीय समितिले प्रहरीको केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
सोमबार संसदीय समितिलाई रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।