शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आयोगले सार्वजनिक गर्यो स्थानीय चुनाव खर्च विवरण : ५ अर्ब खर्च, ३ अर्ब सरकारलाई फिर्ता

आयोगले सार्वजनिक गर्यो स्थानीय चुनाव खर्च विवरण : ५ अर्ब खर्च, ३ अर्ब सरकारलाई फिर्ता

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ५ अर्बभन्दा बढी रकम खर्च भएको जनाएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय निर्वाचनको खर्च विवरण प्रस्तुत गरेको हो ।

आयोगका अनुसार आयोगलाई निर्वाचनका निम्ति ८ अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो । त्यसमध्ये ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७० रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

बचत भएको ३ अर्ब ६ लाख ८६ हजार १२४ रुपैयाँ सरकारलाई फिर्ता गरिएको उनले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend