सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

साफ यु–२० च्याम्पियनसिपः नेपाल र श्रीलंका भिड्दै

साफ यु–२० च्याम्पियनसिपः नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्न लागेको हो ।

श्रीलंकाबिरुद्ध हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ । पहिलो खेलमा सुखद शुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ । श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ ।

यस अघि सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend