आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नारायणघाट–बुटवल सडकखण्डको ठेक्का अवधि सकिनै लाग्दा १८ प्रतिशत मात्रै काम भएकोप्रति संसदीय समितीको चासो

नारायणघाट–बुटवल सडकखण्डको ठेक्का अवधि सकिनै लाग्दा १८ प्रतिशत मात्रै काम भएकोप्रति संसदीय समितीको चासो

काठमाडौं । संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरुसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिएकी हुन् ।

सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्मको भौतिक प्रगति १८.४४ प्रतिशत मात्र रहेको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताईन् । उनले सरकारले ठेक्का रद्ध गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन पनि निर्देशन गईन् । सभापति खड्काले मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरोन्नती भइरहेका राष्ट्रिय स्तरका तथा अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरुको निर्माणमा राष्ट्रको हीत नहुने सम्झौता तत्काल समीक्षा गरी पुनारावोलकन गर्नपनि निर्देशन दिईन् ।

उनले देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुने गरी उपयुक्त योजना बिना पहुँच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता मार्ग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्नपनि सरकारलाई निर्देशन गईन् । सभापति खड्काले निर्माणधिन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाग्ना पक्की पुल अहिले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिलाई बुझाउन भौतिक मन्त्रालयलाई निर्देशन दिईन् ।

सभापति खड्काले भारतको एजिएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोटको बालाजु रानीपौवा सडक खण्डको ठेक्का रद्ध भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिईन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend