logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुरको मागबारे परराष्ट्रमन्त्रीसँग छलफल

    ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुरको मागबारे परराष्ट्रमन्त्रीसँग छलफल

    3.8K
    Shares
    ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुरको मागबारे परराष्ट्रमन्त्रीसँग छलफल

    काठमाडौं । संसदीय समितिले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गरेका छन् । बिहीबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधाको समेत मारमा परेका सिंगापुरमा कार्यरत ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्नका लागि परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

    सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

    उनले भनिन्, ‘भूतपूर्व सिंगापुर गोर्खाहरुको मुद्धाको बारेमा अहिलेसम्म छलफल भईरहेको छ । र, समस्या आज पनि ज्यूकात्यू छन । समाधान हुन सकिरहेको छैन । सिंगापुर प्रहरीको समस्या पनि ज्वलन्त बनेर आईरहेको छ । यी समस्याका बारेमा छलफल गर्नका लागि परराष्ट्रमन्त्रीज्यूलाई बोलाउनका लागि पत्राचार गर्ने निर्णय गरिएको छ । उहाँबाट सम्पूर्ण जानकारी लिउ । र, फेरी सरोकारवाला ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)सँग पनि छलफल गरेर समस्या समाधानका लागि पहल गर्नु पर्दछ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend