
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले केचनाकवल घटनाका पीडित परिवारलाई खाद्यान्न सामाग्री तथा नगद सहयोग गरेका छन् । हार्दिक समवेदना सहित खाद्यान्न सामाग्री तथा नगद सहयोग गरेका हुन् ।
प्रसाईँ आफू वैदेशिक भ्रमणमा भए पनि उनले आफ्नो अनुयायीहरूको हातबाट पीडित परिवारलाई नगद रु २०–२० हजार ,चामल ६०–६० केजी ,दाल ५–५ केजी र तेल ७ – ७ लिटर प्रति सहयोग पठाएका हुन् ।
गत आइतबार झापा जिल्ला केचनाकवल गाउँपालिका वडा नं ५ बस्ने गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पनाको परिवारजनलाई अस्पतालका प्रतिनिधि सहितको टोलीले बिहीबार सो सामाग्री उपलब्ध गराएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend