शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हव’ बनाउनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “सूचना प्रविधिको विकास र विस्तारमा वर्तमान सरकार सदैव क्रियाशील रहेको छ, पछिल्लो समयमा भइरहेको सूचना र प्रविधिको विकासलाई मुलुकको समग्र विकाससँग जोडेर लैजानुपर्ने आवश्यकता छ, मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी यो देशलाई आइटी हव बनाउनुपर्ने छ ।” सरकारी, नीजि, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उनको भनाइ छ ।

मन्त्री कार्कीले भने, “आजको युग प्रविधिको युग हो, अन्य क्षेत्रमा भन्दा सूचना प्रविधिको क्षेत्रको तीव्र गतिले विकास भइरहेको छ, हिजोको दिनमा कल्पनानै नगरेका कुरा सूचना प्रविधिको कारण आज यथार्थमा परिणत भएको छ, सूचना प्रविधिको विकासले सम्पूर्ण विश्व एक गाउँको रुपमा स्थापित भएको छ ।” मोवाइल सेवाको बढ्दो प्रयोगले सूचना प्रविधिको माध्यमबाट सेवा दिने र लिने क्रम बढिरेहको बताउँदै उनले सरकारी कार्यालय क्रमशः सूचना प्रविधिमैत्री भइरहेको बताए । मन्त्री कार्कीेले सूचना प्रविधिको क्षेत्रमा भएको विकासको गतिका कारण बैँक तथा वित्तिय क्षेत्रका काम कागजरहित हुने विश्वास व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend