आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

इमरान खानको पार्टी पीटीआईले विदेशबाट गैरकानूनी पैसा लिएको निर्वाचन आयोगको ठहर

इमरान खानको पार्टी पीटीआईले विदेशबाट गैरकानूनी पैसा लिएको निर्वाचन आयोगको ठहर

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईले विदेशबाट गैरकानूनी रकम लिएको ठहर गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको नेतृत्वमा गठित ३ सदस्यीय समितिले पीटीआईले कानून विपरीत विदेशी संघ संस्था र व्यक्तिबाट रकम लिएको ठहर गर्दै त्यो रकम किन जफत नगर्ने भनेर स्पष्टिकरण सोधेको छ । पीटीआईका संस्थापक सदस्य अकबर एस बाबरले दायर गरेको उजुरी सन् २०१४ देखि आयोगको विधाराधीन थियो ।

‘पार्टीले संविधानको उल्लंघन गरेको छ, उसले ३४ वटा विदेशी संगठनबाट रकम लिएको छ, जुन पाकिस्तानको कानून विपरीत छ ।’ उजुरीमा सुनुवाइपछि आयोगले भनेको छ । पीटीआईले अमेरिका, अष्ट्रेलिया तथा यूएईमा रहेका संघ संस्थाबाट रकम लिएको थियो ।

आयोगले इमरान खानले पाकिस्तानी कानून अनुसारको आफ्नो जिम्मेवारी पूरा गर्न पनि असफल भएको ठहर गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend