काठमाडौं । एकैदिन थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३२४ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend