काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका छन् । सरकारले आज (बिहीबार) आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिती घोषणा गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगमा गरिएको पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दर्ता गर्ने मिति पछि तोक्ने बताए ।
यस्तै निर्वाचनमा भाग लिने सांसदहरुको उम्मेदवारी दर्ता गरेकै दिनबाट पदावदी सकिने आयोगको धारणा रहेको उनले सुनाए ।