logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटी र कमजोरीलाई दोहोरिन नदिने गरी काम गछौँः निर्वाचन आयोग

    स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटी र कमजोरीलाई दोहोरिन नदिने गरी काम गछौँः निर्वाचन आयोग

    3.2K
    Shares
    स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटी र कमजोरीलाई दोहोरिन नदिने गरी काम गछौँः निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटी र कमजोरीलाई दोहोरिन नदिने गरी काम गरिने बताएको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ गतेको मिति तोकेलगत्तै बिहीवार पत्रकार सम्मेलन गरी आयोगले स्थानीय तहको निर्वाचनमा देखिएको कमीकमजोरी र त्रुटीलाई दोहोरिन नदिने गरी आफ्नो तयारी गरिरहेको बताएको हो ।

    पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको लागि आवश्यक समय कम भएपनि अर्जुनदृष्टि लगाएर काम गरिने बताए । उनले मतदान स्थलहरुलाई सबैको पहुँचयोग्य बनाउने, मतदाता नामावलिलाई अध्यावधी बनाउने, लगायतका आन्तरिक कामहरु आयोगले गर्दै आएको पनि बताए । उनले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा भएका गल्ति कमजोरीलाई सच्याएर कुनैपनि किसिमको सवाल नउठ्ने गरी आयोगले काम गर्ने प्रतिवद्धता जनाए ।

    उनले भने, “स्थानीय तहको निर्वाचनमा उठेका केही महत्वपूर्ण सवालहरुलाई सम्बोधन गर्ने तयारीमा थियौँ । मतदान स्थलहरुलाई अझै पहुँचयोग्य बनाउन प¥यो भन्ने विषयलाई सबोधन गर्ने गरी हामीले आवश्यक प्रक्रिया प्रारम्भ गरिरकेका थियाँै । त्यसैगरी मतदाता नामावलीमा देखिएका त्रुटीहरुलाई नीतिगत र व्यवहारीक ढंगले कसरी कार्यान्वयन गर्ने गरी भोलिदेखि नै प्रक्रिया । स्थानीय तहको निर्वाचनमा मतपत्रको विषयमा पनि थुप्रै विषयहरु उठे । ती विषयमा पनि अध्ययन गरेर अबको निर्वाचनमा कुनैपनि सवाल नउठ्ने गरी समाधान गर्नका लागि आयोगले आवश्यक तयारी गरेको छ । आगामी निर्वाचनलाई अर्जुनदृष्टि लगाएर काम गरेर आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नेगरी आवश्यक तयारी गरिसकेको जानकारी गराउन चाहन्छु । ”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend