logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कर्मचारीको तलव बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना

    कर्मचारीको तलव बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना

    4.7K
    Shares
    कर्मचारीको तलव बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना

    काठमाडौं । असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

    आईतवार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्दप्रसाद कोईरालाले बताए । उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताए ।

    काठमाडौंमा कार्यरत उनीहरुले सरकारले चोर बाटोबाट तलव वृद्धि गरेको भन्दै समान तलववृद्धिको माग गर्न अर्थमन्त्रालय घेराउ गर्नुपरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend