logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन सरकारसँग माग

    वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन सरकारसँग माग

    2.7K
    Shares
    वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन सरकारसँग माग

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभाका सांसदहरुले बाढि, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढिपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन् ।

    बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढि, पहिरोबाट बढि प्रभावित भएपनि उनीहरुलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन पनि सरकालाई सचेत गराइन् ।

    सांसद भट्टले भनिन्, ‘देशभर भईरहेका अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको समाचार आईरहेको छ । सुदूरपश्चिमको नौं वटै जिल्लामा वर्षाका कारण बाढिपहिरो आउँदा जनताले धेरै क्षति व्यहोर्नु परेको छ । त्यसमा पनि विशेष कैलाली र कञ्चनपुरका जनता यसबाट ज्याँदा प्रभावित भएका छन । जसका कारण त्यहाँका जनताको दैनिकी कष्टकर भईरहेको छ । गाँसबासको समस्या भईरहेको छ । वर्षाले प्रभावित जनताको धनजनको क्षतिको न्यूनिकरण, रोकथाम र बाढि पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिमा सरकारको यथाशिघ्र ध्यान दिन सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend