logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य समयः कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य समयः कुन सांसदले के भने ?

    5.6K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य समयः कुन सांसदले के भने ?

    काठमाडौं । प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद चौधरीले देशमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था नाजुक अवस्थामा पुगेको बताएका छन् ।

    उनले बालबालिकाले गुणस्तरीय शिक्षा लिन नपाएको तथा बालबालिका कुपोषणको सिकार भइराखेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले कक्षा एकमा भर्ना भएदेखि एसइई परिक्षा सम्ममा ६ लाख विद्यार्थीहरु हराइरहेको भन्दै त्यसतर्फ पनि सरकार गम्भिर हुनुपर्ने बताए ।

    प्रतिनिधि सभा सदस्य दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराइन् ।

    प्रतिनिधि सभा सदस्य दुर्गबहादुर राउतले जनयुद्ध र जनआन्दोलनका क्रममा घाईते भएका कतिपय व्यक्तिहरु तथा शहीद परिवारले अझैपनि राज्यले दिने भनेको जीवन निर्वाह भत्ता नपाएका बताए । उनले भत्ता पाउन छुटेका घाइते, अपांग र शहीद परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

    प्रतिनिधि सभा सदस्य दुर्गाकुमारी विश्वकर्माले विगतको सरकारले सिमाबाट तरकारी तथा फलफूल ल्याउँदा विषादी जाँच गरेर ल्याउने व्यवस्था गरेको उल्लेख गर्दै हाल विषादी जाँच गर्ने मेसिन कुन अवस्थामा छ भनि प्रश्न गरिन् । उनले विषादी जाँच गरेर मात्रै तरकारी तथा फलफूल नेपाल भित्र्याउने व्यवस्था गर्न माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले देशमा आत्महत्याको घटना श्रृङ्खलावद्ध किसिमले बढ्दै जानु गम्भिर समस्या भएको बताइन् । उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आत्महत्या बढ्नुको कारण पत्ता लगाई यस्तो घटनाहरु रोक्न सरकारले कदम चाल्नुपर्ने बताइन् ।

    प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले सरकारले तत्काल निर्वाचन सम्बन्धी ऐन ल्याउनुपर्ने बताए । उनले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा वहश उठेको भन्दै प्रतिनिधि सभाको कार्यअवधिको सम्बन्धमा पनि ऐन आवश्यक रहेको उल्लेख गरे ।

    प्रतिनिधि सभा सदस्य नविना लामाले गएराति मनोहरा खोलाको बाढीले सुकुम्वासी बस्ती डुबानमा परेको भन्दै पीडितलाई राहत तथा पुर्नस्थापना गर्न सरकार सँग माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य निरुदेवी पालले केपी ओली नेतृत्वको सरकारले कञ्चनपुरमा शुरु गरेका विकास निर्माणका कामहरु सबै रोकिएको भन्दै विकास निर्माणको कामहरु तत्काल अघि बढाउन माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गर्न माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले हरुवा चरुवाको पुनस्र्थापनाको प्याकेज घोषणा गर्न माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य पुष्पाकुमारी कर्ण कायस्तले रेडियो नेपालले मैथिली र भोजपुरी भाषाको कार्यक्रम केन्द्रिय प्रशारणबाट हटाएको भन्दै आपत्ति जनाइन् ।

    प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले त्रिभूवन विश्वविद्यालयले प्रश्नपत्र दोहो¥याएको सम्बन्धमा छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरको भन्दै त्रिविको उपकुलपति र रजिष्ट्रारलाई कारबाही गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य प्रेम सुवालले निर्वाचनमा गठबन्धन गर्ने दलहरुलाई एउटै घोषणापत्र जारी गराउने र निर्वाचन चिन्हपनि एउटै पाउने व्यवस्थाको लागि निर्देशन हुनुपर्ने बताए । उनले जनताको सुरक्षाका लागि उपत्यकाका आवास क्षेत्रहरुमा बाह्र तथा चौध पाङ्ग्रे भारी गाडीहरु तत्काल बन्द गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend