शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

थपिए ७८१ जना नयाँ कोरोना संक्रमित, २ को मृत्यु

थपिए ७८१ जना नयाँ कोरोना संक्रमित, २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा छन् भने २१० जना संस्थागत आइसोलेसनमा र ६३ जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend