मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने कांग्रेसको निर्णय

आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने कांग्रेसको निर्णय

sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf z'qmaf/ nlntk'/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । कांग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।

आजको बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिकको टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ । सह महामन्त्री बद्री पाण्डेका अनुसार आजको बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।

त्यस्तै पार्टीले यसअघि पार्टीको केन्द्रीय समिति बैठकले तय गरेको भदौ २ गते २५ गते देखि चुनावी अभियानको मितिलाई परिमार्जन गर्दै भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए । त्यस्तै, नेता अर्जुन नरसिंह केसीले आजको बैठकमा सिट बाँडफाँटको विषयमा एजेन्डा प्रवेश नै नगरेको बताए । उनले आज नयाँ कुरामा छलफल प्रवेश नगरेको र पार्टीले आफ्ना जनप्रतिनिधिहरूका लागि सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रमको बारेमा पनि चर्चा भएको जिकिर गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend