आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

स्याङ्जामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

स्याङ्जामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

वालिङ । स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।

आँधीखोला गाँउपालिका वडा नम्बर २ रंगेठाँटी बस्ने ६० वर्षका देवनारायण सार्कीको घाँस काट्ने क्रममा लडेर ज्यान गएको हो । सार्की घाँस काट्दा काट्दै अचानक लडेर झण्डै ८० मिटर तल पुगेको र घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिए ।

यस्तै, वालिङ नगरपालिका –९ मा बस्दै आएका ६० वर्षीय पूर्णबहादुर न्यौपाने (न्यौपाने साईला) को भीरबाट लडेर ज्यान गएको छ । जनैपूर्णिमा मनाउन आफ्नो छोराको घरतर्फ जाँदै गरेका न्यौपाने वालिङ –१२ लाम्पातेस्थित गोरेटो बाटोबाट लडेर ज्यान गएको हो । बिहीबारबाट हराइरहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा शनिबार भेटिएको छ । दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend