सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गठबन्धनले जति प्रयास गरेपनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः अध्यक्ष ओली

गठबन्धनले जति प्रयास गरेपनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः अध्यक्ष ओली

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दावी समेत गरे ।

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर समेत गरे । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढछ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाए ।

उनले भने, ‘तराई मधेशलाई झुक्याउन खोजियो । तराई मधेशलाई झुक्याएर गलत बाटोमा लान खोजियो । आज तराई मधेश जागरुक भएको छ । र, सही बाटो पहिल्याउँदै अगाडि बढेको छ । पाँच दलीय गठबन्धन । अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कँुदिराखेका छन । कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर । यो गठबन्धन किन बनाउनु प¥यो ? यति साह्रो गठबन्धन किन बनाउन प¥यो । आफ्नो आफ्नो चुनाव लडेर सरकार हुन्थ्यो तर उहाँहरुलाई एमालेले बहुमत ल्याईहाल्छ अनि सरकार के मिलेर बनाउने र । त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो ।

बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो । तर म जहाँ जान्छु । जहाँ पुग्छु । जुन भेगका जनतासँग भेट्छु । अन्तरक्रिया गर्छु, कुराकानी गर्छु । संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपालः सुःखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन । जनता दृढ अठोटका साथ अघि बढेका छन । र, यो काम नेकपा –एमाले)को अगुवाईमा मात्रै हुन सक्दछ । नेकपा एमालेको नीति र संगठनका आवद्ध भएर मात्रै यी कामहरु हुन सक्दछ भनेर जनताले भनेका छन । लोकतान्त्रिक शेर्पा संघले पनि यही भनेको छ । यही उद्देश्य प्राप्तीका लागि अहिले हाम्रा कलाकार भर्खर सानी बहिनी नाचेर जानु भयो । यही भावका साथ नाच्नु भयो । देशको मुहार फेर्नका लागि, समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई जिताउनु छ । सूर्य चिन्हमा छाप लगाउनु छ भनेर उहाँ जानु भयो । आज कलाहरुको भावना, साहित्यकारहरुको भावना अथवा मजदुरहरुको भावना, किसानहरुको भावना, व्यापारीहरुको भावना, वास्तविक उद्यमी, व्यवसायीहरुको भावना, शिक्षकहरुको भावना, प्राध्यापकहरुको भावना, अरु कर्मचारीहरुको भावना, सेना, प्रहरीको भावना, सबै भावना एउटै छ–नेकपा –एमाले विजयी हुनुपर्दछ । यो बिल्कुलै सही र सत्य कुरा हो । नेकपा एमाले विजयी हुनुपर्दछ । एमाले विजयी हुनका लागि एमाले विजयी हुनुपर्ने होइन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend