logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

    साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

    5K
    Shares
    साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

     

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको गठन गरि काम गरिरहेको पनि स्मरण गराए ।

    प्रतिभा राणाद्वारा लिखित ‘गहि¥याई’ र ‘कर्टेन अफ माया’ नामक कविता संग्रहको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उनले पुरुष बर्चश्व रहेको नेपाली साहित्यमा महिला साकित्यकारहरुको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनीहरुलाई अझै प्रोत्साहित गर्दै लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले नाताले सासुआमा भएपनि राणाले कविता लेख्नुहुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।

    उनले भने, ‘साहित्य, कला, संगीत कुनै पनि मुलुकको गहना हो । साहित्य, कला र संगीताविना समाज र देश पूर्ण हुन सक्दैन । त्यसैले सरकारले साहित्य, कला र संगीत क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठानहरु स्थापना गरेर कामहरुलाई अगाडि बढाईरहेको छ । पुरुष साहित्यकारहरुको बर्चश्व भएको नेपाली साहित्यमा आजको दिनमा महिला साहित्यकारहरुको पनि उपस्थिति बढदै गईरहेको छ । यो खुसीको कुरा हो । आगामी दिनमा महिला साहित्यकारहरुको उपस्थिति बढाउन उनीहरुलाई प्रोत्साहित गर्दै लैजानुपर्दछ । साहित्यकार प्रतिभा राणाका कविता संग्रहहरु कलात्मक र रोचक छन ।’

    प्रधानमन्त्री देउवाले राणाका दुवै कविता संग्रह मानवीय भावनालाई रोचक र कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएको अनुभूति आफूलाई भएको स्पष्ट पारे । कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिक र समाजसेवीको पहिचान समेत बनाउनु भएकी साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरुले दुई वटा कविता संग्रहको जन्म गराएको बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend