मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रतिनिधिसभा बैठकः सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

प्रतिनिधिसभा बैठकः सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगिन भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । उनले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend