
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अव हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे । जित्ने र टिक्नेहरुलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौंको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताए । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय कमिटीको बैठक भदौं दोस्रो हप्ताका लागि तय गरिएको उनको भनाई थियो । त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनमा आवद्ध कुनै पनि दलहरुसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको पटकपटक दोहो¥याए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend