logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन तर बाध्य भयौं, बालेन भन्छन्– आजपनि प्रहरीको सहयोगमा फोहोर ल्याण्डफिल साइट लान्छौं

    प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन तर बाध्य भयौं, बालेन भन्छन्– आजपनि प्रहरीको सहयोगमा फोहोर ल्याण्डफिल साइट लान्छौं

    9.9K
    Shares
    प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन तर बाध्य भयौं, बालेन भन्छन्– आजपनि प्रहरीको सहयोगमा फोहोर ल्याण्डफिल साइट लान्छौं

    काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने उदेश्य नरहेको बताएका छन् ।

    फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्र्दभमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भने ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो । प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ ।’

    गएको जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाविच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक बर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरेका छन् ।

    प्रहरी प्रशासनको सहयोग लिएर हिजो १ सय ८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन् ।

    आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी महानगरले गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीयहरु डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

    नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend