logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादी केन्द्रले बिहीवार पदाधिकारीको टुंगो लगाउने

    माओवादी केन्द्रले बिहीवार पदाधिकारीको टुंगो लगाउने

    2.2K
    Shares
    माओवादी केन्द्रले बिहीवार पदाधिकारीको टुंगो लगाउने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीवार टुंगो लगाउने भएको छ । बुधवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए । उनले केन्द्रिय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताए । प्रवक्ता महराले आजको बैठकबाट करिव करिव टुंगोमा पुगेको र बिहीवारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए ।

    उनले भने, ‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ । संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए । केन्द्रिय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरुको जिज्ञासाको विषय होला । यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो । करिव करिव हामी टुंगोमा पुगेका छौँ । भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ । आज छलफलमा मात्रै केन्द्रित भयौँ । पदाधिकारी पनि भोलि टुंगो लाग्छ । आज छलफल शुरु भयो ।’

    प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीवार ८ बस्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend