आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

 

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो ।

गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको स्थानीय गणेश धामीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ६ जनालार्ई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend