आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रुसी आक्रमणमा ४ युक्रेनीको मृत्यु, २० जना घाइते

रुसी आक्रमणमा ४ युक्रेनीको मृत्यु, २० जना घाइते

युक्रेन । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका गभर्नरले बताएका छन् ।

टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो । खार्किभमा एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मस्कोले फेब्रुअरीको अन्त्यदेखि लगातार रुसी गोलाबारीको शिकार हुदै आएको छ । मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताए ।

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखेको घटनास्थल पुगेका एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् ।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए । यद्यपी शहरका अधिकांश उत्तरी आवासीय जिल्लाहरूमा गोलाबारी गरिरहेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend