आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन

विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन

इटहरी –  बिदेशी माछा आयातलाई एक बर्षमा पूर्ण रोक लगाउने उदेश्यका साथ प्रदेश नम्बर एकमा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन् ।

शनिवार इटहरीमा प्रदेश नं. १ मा माछा पालन गर्ने  किशानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी  मुलुकबाट हुने आयातलाई  न्युनिकरण गर्दै लैजाने  एक बर्षपछी बिदेशी माछा आयात सधैंका बिस्तापित गर्ने उदेश्यका साथ प्रादेशिक मत्स्य पालन किसान संघ गठन  गरेका हुन्  ।

संघले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष माछा उद्योगको विकास र माछा पालक किशानहरुको हकहितको लागि सामुहिक पहल गर्र्दै मुलुकबाट हुने माछा आयातलाई १ वर्ष भित्रमै पुर्णरुपमा रोक लगाउने माछा पालक किसानलाई वर्षमा ४ पटक ब्यवहारिक ज्ञान प्रदान गर्ने लगायत विभिन्न उदेश्य राखेको छ ।

१९ सदस्यीय संघको अध्यक्षमा अध्यक्ष विष्णु प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष राम पौडेल सचिव पुष्प अधिकारी सह सचिव मोहन राजवशीं ,  कोषाध्यक्षमा दुर्गा कार्कि रहनु भएको छ। त्यस्तै सदस्यहरुमा दुर्गा प्रसाद सेडाई, कपिल न्यौपाने, ज्ञानेन्द्र बिमली, प्रकाश बुढाथोकी,डेगनाथ खतिवडा, नन्दन थापा, रमेश मण्डल, सदस्य टेकनाथ पौडेल, देवराज महत, सदस्य नविन चौधरी, सदस्य गुलावि मुखिया, देव बहादुर खडका, सदस्य उद्धव कुमार पौडेल रहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend