काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेस नेता प्रदीप गिरीको निधनको खबरले मर्माहत तुल्याएको बताएका छन् ।
प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्यमन्त्री श्रेष्ठले लेखेका छन् , ‘हाम्रा सहृदयी परम मित्र प्रदीप गिरिज्यूको उपचारको क्रममा दुःखद् निधन भएको खबरले मर्माहत तुल्याएको छ। स्तब्ध र निःशब्द छु। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ’