आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले नै लगायो आतंकवाद सम्बन्धी मुद्दा

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले नै लगायो आतंकवाद सम्बन्धी मुद्दा

काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध आतंकवाद विरोधी कानून अन्तर्गत मुद्दा दर्ता भएको छ । खानले आफ्ना सहयोगीलाई प्रहरी र न्यायपालिकाले थुनामा राखेर यातना दिएको आरोप लगाएपछि प्रहरी कारबाहीमा उत्रिएको हो ।

शनिबार सार्वजनिक भाषणमा खानले इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी शाहबाज गिललाई हिरासतमा राखेको र दुर्व्यवहार गरेको आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिएका थिए । राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएर आरोपमा देशको आतंकवाद विरोधी ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले खानमाथि मुद्दा दायर गरेको हो ।

क्रिकेटरबाट राजनीतिमा आएका खानमाथि मुद्दा दर्ता भएपछि उनका समर्थक विरोधमा उत्रिएका छन् । खानलाई पक्राउ हुन नदिन भन्दै समर्थक उनको घरमा भेला भएका छन् । खानलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनका समर्थकको तयारी छ । गत अप्रिलमा सत्ताबाट हटाइएदेखि खान सरकार र सेनाको आलोचक बनेका छन् । खानले इस्लामावाद उच्च अदालतमा पूर्व गिरफ्तारी जमानत माग गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend