logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा थप १० हजार ६४९ जना कोरोना सङ्क्रमण, ३६ जनाको मृत्यु

    भारतमा थप १० हजार ६४९ जना कोरोना सङ्क्रमण, ३६ जनाको मृत्यु

    3.3K
    Shares
    भारतमा थप १० हजार ६४९ जना कोरोना सङ्क्रमण, ३६ जनाको मृत्यु

     

    भारत । भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

    यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो

    दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार चार सय सय ४२ जना रहेका छन् ।

    गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५२ भन्दा बढीको मृत्यु भएको छ ।

    भारतमा हिजो एक दिनमा दश हजार छ सय ७७ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४४ हजार तीन सय एक जना कोरोनामुक्त भएका छन् ।

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

    सो समयबाट हालसम्म दुई अर्ब दश करोड २५ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६ भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

    यसैबीच पाकिस्तानमा २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दुई सय ७८ जना कोभिड–१९ नयाँ सङ्क्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

    नयाँ सङ्क्रमित थपिएपछि देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६७ हजार एक सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ शुरु भएबाट हालसम्म यहाँँ सङ्क्रमणको कारण कुल ३० हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend