सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेविसंघ विरुद्ध अनेरास्ववियुको प्रदर्शन

नेविसंघ विरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले तालबन्दी गरेको छ ।

त्यसको विरोध गर्दै विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend