शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

थपिए ३२४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्‍यु

थपिए ३२४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ७६६ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् । यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८९२ पुगेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend